Contact us
Forums
New posts
Search forums
What's new
New posts
New resources
Latest activity
Resources
Latest reviews
Search resources
Log in
Register
What's new
Search
Search
Search titles only
By:
New posts
Search forums
Menu
Log in
Register
Install the app
Install
Forums
General Discussion
Local Events and Gatherings
Why Indra Jatra is celebrated?
JavaScript is disabled. For a better experience, please enable JavaScript in your browser before proceeding.
You are using an out of date browser. It may not display this or other websites correctly.
You should upgrade or use an
alternative browser

Reply to thread
Message

Reposting for Education Purpose only. Credit To The Owner, Shri "Maheshwor Shrestha".

कुमारी रथयात्राको अर्थराजनीतिक पक्ष

- महेश्वर श्रेष्ठ

कुमारी प्रथाको उद्भव बारे जनश्रुति

[ATTACH=full]581[/ATTACH]

चित्रकारको परिकल्पनामा ईष्टदेवी तलेजु भवानीसंग पासा खेल्दै गरेका राजा जयप्रकाश मल्ल ।

भनिन्छ परापूर्व कालमा नेपालको राजकुमारी र पराई देशको राजकुमार बिच गहिरो प्रेम संबंध थियो । एक दिन निज राजकुमारको देशले नेपाल माथि आक्रमण गरेछ । आफ्नी प्रेमिका नेपाल राजकुमारीलाई निज राजकुमारले आफूलाई साथ दिन र लडाईं जिते पछि एकीकृत राज्यको युवराज्ञी बन्न दवाब दिएछ । देश प्रतिको कर्तव्य र प्रेमको दोसांधमा परेकी नेपाल राजकुमारीले राजकुमारलाई साथ नदिने र देशको अस्तित्व रक्षाका लागि प्रतिरोध लडाईंमा होमिने निर्णय गरिन् । लडाईंमा आक्रमणकारी राज्य पराजित भयो र निज राजकुमार पनि मारियो । राजकुमारीको माया चोखो र पवित्र थियो । त्यसैले उनले अरु कसैसंग प्रेम वा वैवाहिक संबंध नराख्ने तर आफ्नो चोखो मायाले अमरत्व पाओस भनेर आजीवन अविवाहित (कुमारी) नै बस्ने निर्णय गरिन् । उनको त्यस्तो अगाध देशप्रेम र चोखो माया देखेर समाजले उनलाई देशको संरक्षक देवीको रुपमा पुज्न थालेछ र देश भरीका उनका सखीहरुले पनि उनलाई साथ दिंदै आजीवन अविवाहित (कुमारी) रहने निर्णय गरेछन् । त्यसैको प्रतिक र प्रतिविम्व स्वरुप नेवारहरुको मुख्य मुख्य गाउं वस्ती र शहरका कतिपय टोलहरुमा अक्षत कन्यालाई कुमारीको रुपमा स्थापना गरी देवीको रुपमा पूजा गर्ने परम्परा अझै कायम छ । अक्षत कन्या भन्नाले रजस्वला नभएकी, शरीरमा कतै पनि घाउ चोट पटक नलागेकी, दांत समेत नफुक्लेकी शुद्ध र सग्लो शरीर भएकी, नीडर स्वभावकी कन्या हो । कुमारी बनेकी कन्या क्षत हुने बितिक्कै उनी कुमारी रहंदिनन् र अवकास पाउंछिन् । उनको ठाउंमा अर्को अक्षत कन्यालाई कुमारी बनाइन्छ । ईन्द्रजात्राको बेला रथजात्रा गरिने कुमारीलाई लायकु कुमारी (राजकीय कुमारी) भनिन्छ । शाक्य कुलकी अक्षत कन्या मात्र लायकु कुमारी हुन पाउने परम्परा छ । लायकु कुमारी बसन्तपुर स्थित कुमारी घरमा बस्छिन् भने अरु कुमारीहरु कोहि कोहि आफ्नो गाउं ठाउंको कुमारी घरमा र धेरै जसो आफ्नै घरमा बस्छन् । कुमारी बन्ने कन्याहरु शाक्य, बज्राचार्य र ज्यापु कुलका मात्र हुन्छन् ।

कुमारी रथजात्राको अर्थराजनीतिक पक्ष

काठमाडौंमा हरेक वर्ष भाद्रशुक्ल द्वादशीदेखि आश्विनकृष्ण चतुर्थी आठ दिनसम्म एउटा पर्व बडो हर्षोल्लासका साथ धुमधामसंग मनाइन्छ जसलाई नेपाल भाषामा “येंया:” भनिन्छ । येंयाः को शाब्दिक अर्थ काठमाडौं जात्रा अथवा काठमाडौं महोत्सव हो जसलाई गैर नेवारहरु ईन्द्रजात्रा भन्ने गर्दछन् । त्यसका अनेक आकर्षणहरु मध्ये भाद्रशुक्ल चतुर्दशीको दिनदेखि हुने जीवित देवी लायकु कुमारीको रथयात्रा प्रमुख आकर्षण हो । यहां लायकु कुमारीको रथयात्रा कसले किन र कहिलेदेखि शुरु गर्यो र त्यसको अर्थराजनीतिक पक्ष के थियो भन्ने बारे चर्चा गरिन्छ । प्रस्तुत विषय कुनै जनश्रुति होइन, लिखित इतिहास पनि होइन, तथ्यबाट सत्यसम्म पुग्ने द्वन्दात्मक अध्ययन र विश्लेषण विधिबाट निकालिएको पंक्तिकारको निचोड हो जसलाई उ अलिखित इतिहासको पाटो भन्न रुचाउंछ ।

ईन्द्रजात्राकै अवधिमा पर्ने कुमारीको रथजात्रा गर्ने चलन धेरै पुरानो होइन । इतिहासमा दर्ज भएकै कुरा हो कि कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विक्रम सम्वत् १८१४ मा शाक्य कुलकी कुमारीलाई लायकु कुमारी (राजकीय कुमारी) को दर्जा दिएर इन्द्रजात्राको अवसरमा कुमारीको रथजात्रा मनाउने परम्पराको शुरुआत गरेका थिए । जुन बेला शाक्य कन्यालाई लायकु कुमारीको मान्यता दिएर उनको रथजात्रा मनाउने परम्परा थालिएको थियो त्यस बेला गोरखाली राजा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानमा कान्तिपुर राज्यले पटक पटक भीषण आक्रमण खेपिरहेको थियो । युद्ध अर्थतन्त्र अत्यन्त महंगो हुन्छ । कान्तिपुरको राज्यकोष खाली हुंदै गइरहेको थियो । युद्ध अर्थतन्त्र धान्न राजा जयप्रकाश मल्लले विभिन्न मठ मन्दीरका सम्पति मास्न थालिसकेका थिए । पछिल्लो पटक मल्लवंशको ईष्टदेवी तलेजु भवानीकै अत्यधिक सम्पति युद्धमा खर्च गर्न खोज्दा देवीका पुजारी, भण्डारी, गुठियार र सरोकारवाला अन्य पक्षहरुले तिब्र विरोध गरेर रोके जसलाई जनमानसमा जयप्रकाश मल्लले आफूसंग पासा खेल्न आएकी तलेजु भवानी प्रति कुदृष्टि राखेको भनी नियोजित प्रचार गरिएको थियो । कान्तिपुरे सेना र दरबार नराम्रोसित विभाजित भइसकेको थियो । स्वयम जयप्रकाश मल्लकी पटरानी दयालक्ष्मी मल्ल लगायत कतिपय भारदार पृथ्वीनारायण शाहसंग भित्रभित्रै मिलिसकेका थिए । दयालक्ष्मीले त एक चोटी आफ्नै पति राजा जयप्रकास मल्ललाई अपदस्थ गरी नाबालक छोरा ज्योतिप्रकाश मल्ललाई राजा बनाई उनको नायब बनेर केहि समय शासन समेत गर्न पुगेकी थिइन् ।

[ATTACH=full]582[/ATTACH]

इन्द्राजात्राको अवधिमै पर्ने येंयाः (कान्तिपुर महोत्सव) मा जयप्रकाश मल्ललाई समर्थन जनाउन आएका हलचोक भैरव र उनको सवभक्कु गण ।

वीर र पराक्रमी भएर पनि राजा जयप्रकाश मल्ल शंकालु, ईखालु, रिसाहा र निर्दयी स्वभावका थिए । कसै माथि शंका लाग्यो कि सत्य तथ्य विस्तृतमा बुझ्दै नबुझी उसलाई भौतिक कारवाही गरीहाल्ने, सफाया गरिहाल्ने उनको निर्दयी नीतिले गर्दा दरबारका अधिकांश सेनापति र भारदार उनीदेखि तर्सिएका र चिढिएका थिए । आफ्ना परम्परागत सेनापति र भारदारहरु माथिबाट उनको विश्वास उठेकोले र गोर्खाली सेना भित्र विभाजन ल्याउने नीति अन्तर्गत गोर्खाली सेनाकै एक जना सेनापति काशीराम थापामगरलाई उनले आफ्नो प्रमुख सेनापति बनाएका थिए । तर बाबु मरेर आर्यघाटमा किरियापुत्री बसिरहेका काशीरामलाई कसैले विश्वासघातको चुक्ली लगाएको भरमा जयप्रकाश मल्लले ठाउंको ठाउं हत्या गर्न लगाएका थिए । त्यस पछि उनले गोर्खाली सेनाका अर्का सेनापति जयन्त रानामगरलाई अनेक प्रलोभन दिएर फकाएर प्रधान सेनापति नियुक्त गरे । तर जयन्तकै नेतृत्वमा भएको नुवाकोटको प्रतिरोध युद्धमा कान्तिपुरे सेनाले नराम्रो हार व्यहोर्नु पर्यो र नुवाकोट प्रान्त नै गुमाउनु पर्यो । काशीराम थापामगरको नियती भोग्नु पर्ने डरले जयन्त रानामगरले गोर्खाली सेना समक्ष आत्मसमर्पण गरेर अभयदान मागे । तर उनले गोरखा राज्यलाई धोका दिएर जयप्रकाश मल्लको सेवामा लागेकोले पृथ्वीनारायण शाहले उनलाई छाला काढेर मार्ने मृत्युदण्ड सजाय दिए । यसबाट परम्परागत नेवार सेना र पछि काशीराम थापामगर तथा जयन्त रानमागरहरुले ल्याएका केहि मगर सैनिकहरुबाट समेत जयप्रकाश मल्लको विश्वास उठ्यो । त्यसैले उनले बढी तलब र सुविधा दिएर मधेसी सेना खडा गरे र त्यसको नेतृत्व उनको वफादार सेनापति तौढिक काजीलाई सुम्पे । त्यसले सेना र युद्ध खर्च बेपत्तासित बढेर कान्तिपुर राज्यले भयंकर आर्थिक संकट भोग्न परिरहेको थियो । यस्तो अवस्थामा जसरी भए पनि प्रतिरोध युद्ध लड्नु वा आत्मसमर्पण गर्नु बाहेक जयप्रकाश मल्लसंग तेस्रो विकल्प थिएन । तर जयप्रकास मल्ल पनि सजिलै हिम्मत हार्ने लरतरो राजा थिएनन्, उनले जसरी भए पनि प्रतिरोध युद्ध लड्ने निश्चय गरे र त्यसका लागि आवश्यक खर्च जुटाउने एउटा उपाय पनि निकाले ।

धार्मिक सहिष्णुता नेपाली समाजको ठुलो विशेषता रहंदै आए तापनि लिच्छवी कालको प्रारम्भदेखि नेपालको राज्यसत्ता संचालनमा हिन्दु धर्मावलम्बीहरुको वर्चस्व हावी हुंदै आयो र अहिले पनि त्यो कायमै छ । जनस्तरमा हिन्दु र बौद्ध धर्मको विभेदले खासै अर्थ नराखेको भए तापनि सत्ताको पहुंचबाट टाढा परेकोले बौद्धमार्गी अगुवाहरुमा राज्यसत्ता प्रति असन्तुष्टी हुनु स्वाभाविकै थियो । उनीहरुको यही असन्तुष्टीलाई संबोधन गरी आफ्नो पक्षमा ल्याउन र उनीहरुबाट अधिक से अधिक आर्थिक सहयोग र ऋण संकलन गर्न जयप्रकाश मल्लले पनि आफू माथि लागेको तलेजु भवानी माथि कुदृष्टी राखेको आरोपमै टेकेर बौद्धमार्गीहरुमा सबभन्दा सम्पन्न र सुनचांदी जवाहरातका धनी व्यापारी शाक्य समुदायलाई निजहरुको व्यापार व्यवसायलाई अरु फलाउन फुलाउन राज्यले अनेक सुविधा र अधिकार प्रदान गर्ने सहमति गरेर आफ्नो पक्षमा पारी त्यस समुदायकी कुमारीमा तलेजु भवानीको दैवी शक्ति प्रवेश गरेको, उनै कुमारी तलेजु भवानीको प्रतिरुप बन्नु भएको र अबदेखि देशको संरक्षक उहां नै हुनु भएको व्यहोरा तलेजु भवानीबाट आज्ञा भएको भन्ने प्रचार गराए र शाक्य कुमारीलाई लायकु कुमारीको दर्जा मात्र दिएनन् उनको सम्मानमा काठमाडौं नगर वरिपरि लायकु कुमारीको रथयात्रा गराउने निर्णय पनि गरे । यसबाट उत्साहित भएका शाक्यहरुलाई अझ बढी खुसी पार्न लायकु कुमारीका साथै शाक्य कुलका दुईजना बालकहरुलाई गणेश र भैरवको रुपमा संगै रथयात्रा गर्ने परम्परा पनि बसाले । यस प्रकार आर्थिक कारणले शाक्य कन्यालाई लायकु कुमारी बनाइएको र उनको रथयात्रा गर्ने चलन बसालिएको कुरा प्रष्टिन आउंछ । सबै बौद्धमार्गीका पूज्य पुरोहित र गुरुवर्ग बज्राचार्य समुदायमा पनि कुमारी राख्ने प्रथा नभएको होइन तर उनीहरु शाक्यहरुको तुलनामा त्यति सम्पन्न नभएको र संख्यामा पनि थोरै भएकोले बज्राचार्य कुमारीलाई लायकु कुमारी नबनाइएको प्रतित हुन्छ । त्यसै गरी जनसंख्याको ठूलै भाग ओट्ने ज्यापु समुदायमा पनि कुमारी राख्ने चलन छ तर पनि त्यस समुदायकी कुमारीलाई लायकु कुमारी नबनाउनुमा दमित श्रमिक किसान वर्गको हुनु र आर्थिक विपन्नता नै हुनु पर्छ भन्ने पंक्तिकारको ठहर छ । तर ज्यापुहरुको असन्तुष्टी प्रकट भएरै छाड्यो जुन राजाकी अति मनपरेकी ल्याइते ज्यापुनी रानी रुष्ट भएबाट मुखरित भयो । कुमारी रथयात्रा मुख्य रुपमा क्वनेयाः (नगरको तल्लो, दक्षिण भागको जात्रा) र थःनेयाः (नगरको माथ्लो, उत्तरी भागको जात्रा) गरी दुई दिन दुई पटक हुन्छ । राजा जयप्रकाश मल्लले आफ्नी ज्यापुनी रानी र उनको समुदायलाई खुसी पार्न उनकै ईच्छा बमोजिम उनको माइती टोल किलागल स्थित ज्यापु समुदायकी कुमारीसित दर्शनभेट गरी जानु पर्ने गरी थप एक दिन कुमारी रथयात्रा गर्ने परम्परा थपे । यो एक दिन थपेको कुमारी रथयात्रालाई नेपालभाषामा नानिचायाः भन्ने गरिन्छ ।

यसरी राजा जयप्रकाश मल्लले आफू प्रति बौद्ध समुदायका साथै समाजका आधारभूत किसान वर्गको समर्थन जुटाउन सफल भएको देखिन्छ । उनको गोरखा विरोधी प्रतिरोध अभियानलाई कीर्तिपुरको दोस्रो लडाईंमा शर्मनाक पराजय भोगेर ज्यान जोगाउन भागिरहेका पृथ्वीनारायण शाहलाई महिलाको भेषमा डोलीमा चढाएर सुरक्षित साथ नुवाकोटको सिमाना भित्र पुर्याईदिने काठमाडौं हलचोक क्षेत्रका रैथाने राजबाहकहरुले पनि समर्थन गरेर सघाए जसलाई राजबाहकहरुले मात्र नाचेर प्रस्तुत गरिने हलचोक भैरव र उनको सवभक्कु गणको इन्द्रजात्रामा सहभागिताले प्रतिनिधित्व गर्दछ । त्यसै गरी बालख पृथ्वीनारायण शाहलाई भक्तपुर दरबारमा धेरै वर्षसम्म पालेर शिक्षादीक्षा, राजनीति, कूटनीति, युद्धकलाको तालिम दिलाउने उनकै मितबा भक्तपुरका राजा रणजीत मल्ल पृथ्विनारायाण शाहको राज्य विस्तार गतिविधि प्रति तटष्ठ रहे पनि जनताको एउटा पंक्ती कान्तिपुरे राजा जयप्रकाश मल्लको गोरखा विरोधी प्रतिरोध अभियानको समर्थनमा जुटेका थिए । इन्द्रजात्राको बेला अहिलेसम्म पनि भक्तपुरदेखि महाकाली लगायत विभिन्न देवदेवी गणहरुको नाच तथा घिन्तांघिसी एवं ख्याकनाचहरु नाच्न आउनु त्यही समर्थनको प्रतिक हो ।

उता राज्य विस्तारका अति महत्वाकांक्षी गोर्खाली राजा पृथ्वीनारायण शाहले पनि ती सबै कुरा सुक्ष्म रुपले अध्ययन गरिरहेका थिए । लामो समयदेखि राज्यसत्ता प्रति असन्तुष्ट रहंदै आएको तत्कालीन नेपाली समाजको एउटा ठुलै अंग बौद्धमार्गी समुदाय जयप्रकाश मल्लको पक्षमा जान लागेको देख्दा देख्दै उनी कसरी चुप लागेर बस्न सक्थे ? भक्तपुरका राजा रणजित मल्लको मित छोरा बनेर भक्तपुरमै शिक्षादिक्षा हासिल गर्दै किशोरावस्था बिताएर नेपालभाषामा पोख्त बनेका पृथ्वीनारायण शाहले पनि आफूलाई लायकु कुमारीको अनन्य भक्त नै हो भनेर देखाउन नेपालभाषामा लायकु कुमारीको स्तुति नै लेखेर प्रचार गराए र आफ्ना सुत्रहरु मार्फत नेपालका बौद्धमार्गीहरुको धर्म संस्कार संस्कृति परम्पराका साथै उनीहरुका पेशा व्यापार व्यवसायलाई पूर्ण सम्मान र संरक्षण गर्ने सन्देश पठाएर आफू प्रति आकर्षित गर्ने र विश्वस्त पार्ने प्रयास गरेको देखिन्छ ।

वटु भद्रकाली (नील भद्रकाली) देवघरका दिवंगत मुली भाईराम महर्जनले पंक्तिकारलाई बताए अनुसार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई चारैतिरबाट घेरेर नाकाबन्दी गरिदिंदा त्यहांको वन्दव्यापार ठप्प भएको, जनजीवन अस्तव्यस्त र कष्टकर बन्दै हाहाकार मच्चिराखेको बेला पृथ्वीनारायण शाहको उक्त गोप्य सन्देश बारे के गर्ने भनेर निष्कर्षमा पुग्न लायकु कुमारीको अध्यक्षतामा काठमाडौंका ३२ टोलका देवघरका मुलीहरुको धर्मसभा बसेको थियो जसमा ललितपुर राज्य मातहतको गौंडा भए तापनि त्यस बेला उपत्यका नगर क्षेत्र भित्र पस्ने मुख्य नाका भएकोले कीर्तिपुरको बाघभैरव देवघरका मुलीलाई पनि आमन्त्रित गरिएको थियो । छलफलको क्रममा सभाका सहभागीहरुले मल्ल राजाहरु आपसमा संधै कुकुर बिरालो जस्तो लडिरहने गरेबाट राज्यसत्ता संम्हाल्न असक्षम र कमजोर बन्दै गएको, जनताको जिउधन र व्यापार व्यवसायलाई सुरक्षा दिनुको सट्टा अचाक्ली युद्धकरको बोझ थपिंदै गएको, ल्हासा व्यापारीहरुको ठूलो समुहले पृथ्वीनारायण शाहलाई समर्थन गर्ने गोप्य लिखित सम्झौता गरिसकेको, दरबार भित्रै पनि चर्को गुटबन्दी भई रानी दयालक्ष्मी सहित कतिपय भारदार र सेनापति पथ्वीनारायण शाहसंग भित्रभित्रै मिलिसकेको, ललितपुर राज्यले आफ्नै गौंडा कीर्तिपुरको रक्षा गर्न छोडिदिएको र पृथ्वीनारायण शाहलाई ललिपुरको पनि राजा बन्न निमन्त्रणा गरिसकेको, भक्तपुरका राजा रणजीत मल्लले पृथ्वीनारायण शाह मेरा मित छोरा हुन्, उनले मलाई केहि गर्दैनन्, म कान्तिपुरको भांडभैलो प्रतिरोध युद्धमा साथ दिएर मित छोरा गुमाउन र युद्धको विनास व्यहोर्न चाहन्न भनिसकेको अवस्थामा हामीले मात्र के गर्न सक्छौं र ?

[ATTACH=full]583[/ATTACH]

इन्द्राजात्राको अवधिमै पर्ने येंयाः (कान्तिपुर महोत्सव) मा जयप्रकाश मल्ललाई समर्थन जनाउन भक्तपुरबाट आएका देवीगण ।

हाम्रो धर्म संस्कार संस्कृति परम्पराका साथै हाम्रो पेशा व्यापार व्यवसायलाई सम्मान र संरक्षण गर्छु भनेर सार्वजनिक रुपमा सत्य बाचा गर्छ भने गोर्खाली राजालाई समर्थन गरौं र युद्धको भयावह बर्बादीबाट बचौं भन्ने सर्वसम्मत राय आए पछि सभाको अध्यक्षता गरिरहेकी लायकु कुमारीले पनि गोरखनाथ बाबाको आशिर्वाद प्राप्त पृथ्वीनारायण शाह विष्णु भगवानको साक्षात अवतार हुन्, अब उनको दिगविजयलाई कसैले रोक्न सक्दैन भन्दै सभाको राय अनुसार पृथ्वीनारायण शाहलाई राजा स्वीकार गर्ने र कुमारीको रथयात्रा हुने पहिलो दिन जनताको अपार उपस्थितिमा उनलाई राज्याभिषेक गर्ने निर्णय सुनाइन् । यस्तो निर्णय सुने पछि सभाको क्रियाकलाप चुपचाप हेरिरहेका कीर्तिपुरको बाघभैरव देवघरको मुलीले रिसाउंदै तिमीहरु देशद्रोही आत्मसमर्पणवादी कायरहरुलाई जे मन लाग्छ गर, कीर्तिपुर एक्लैले अस्ति मात्रै आततायी गोर्खालीहरुलाई मार भगाएकै हो, अहिले पनि हामी एक्लै लड्छौं र शत्रुलाई खेदेर पठाउंछौं भनेर खुट्टा बजार्दै सभाबाट बाहिरिए । त्यसको केहि महिना पछि गोर्खालीहरुसंग भएको तेस्रो लडाईमा कीर्तिपुरको नराम्रो पराजय भयो र गोर्खाको अधिनस्थ बन्यो । त्यसको केहि समय पछि भाद्रशुक्ल चतुर्दशी ईन्द्रजात्राको तेस्रो दिन अर्थात कुमारी रथयात्रा हुने पहिलो दिन पूर्व योजना अनुसार पृथ्वीनारायण शाह आफ्ना सेना सहित बिना कुनै रक्तपात कान्तिपुर नगर प्रवेश गरे । जयप्रकाश मल्ललाई साथ दिनेमा तौढिक काजी र उनी मातहतका मधेसी सेना बाहेक कोहि थिएनन् । तर खिखांमुगः (खुला रुपमा दिसा गर्ने सार्वजनिक स्थल) मा दिसा बस्न नमान्ने, दिसा बस्न लोटा बोकेर खेत वा नदी किनारमै जानु पर्ने, नुहाई धुवाई चोखो नीति गरी धोती फेरेर जपतप नगरी अरु काम नगर्ने मधेसी सैनिकहरु मासाहारी तामसी खाना खाने नेवार र मगर सैनिकहरुसंगै बस्नु पर्दा उनीहरुलाई निकै उकुस मुकुस र सकस भइरहेको थियो । उता आवश्यक परे जहां पनि दिसा पिसाप गर्न नहिच्किचाउने, दैनिक नुहाई धुवाई चोखोनीति जपतप पूजापाठ गर्न नपर्ने, पानीको अभाव भएमा हप्तौंसम्म चाकमुख नधोइकन बस्न सक्ने, सयौं लिखा जुम्रा सलबलाइरहे पनि महिनौं एउटै लुगा लगाएर बस्न सक्ने, गिट्ठा भ्याकुर ढिंडोफांडोदेखि सुंगुर बंगुर रांगो भैंसी जेजस्तो भेट्टायो त्यही खाएर बांच्न सक्ने गुरुङ मगर बहुल गोर्खाली सेनाले अति नाटीकुटी चोखोनीति गर्नु पर्ने मधेसी सेनालाई सजिलै पराजित गरी बन्दी बनाए पछि जयप्रकास मल्ल आफ्ना वफादार विशेष अंगरक्षकहरुको सहयोगमा गुप्त सुरुङमार्ग हुंदै ललितपुरमा शरण लिन पुगे भने यता हनुमाढोका दरबार नासल चोकमा राखिएको राजसिंहासनमा आसिन पृथ्वीनारायण शाहले कान्तिपुर राज्यका सम्पूर्ण नागरिकको जिउ धन धर्म संस्कार संस्कृति परम्पराका साथै उनीहरुका पेशा व्यापार व्यवसायलाई पूर्ण सम्मान र संरक्षण गर्ने र पहिले भन्दा बढी सुविधा दिने सार्वजनिक घोषणा गरे पछि लायकु कुमारीको आशीरवाचन र बज्राचार्य कर्माचार्य समेत सम्मिलित गुरुपुरोहितहरुको यज्ञोपवित मन्त्रोर्च्चारण सहित पृथ्वीनारायण शाहलाई विधिवत रुपमा कान्तिपुर राज्यको पनि राजा घोषणा गरी राज्याभिषेक सम्पन्न गरियो ।

[ATTACH=full]584[/ATTACH]

इन्द्राजात्राको अवधिमै पर्ने येंयाः (कान्तिपुर महोत्सव) मा जयप्रकाश मल्ललाई समर्थन जनाउन भक्तपुरबाट आएका देवीगण हनुमानढोका परिसरमा नृत्य प्रस्तुत गर्दै ।

यसरी अर्थराजनीतिका कारण शाक्य कुलकी कुमारीलाई लायकु कुमारीको सम्मान दिएर उनको रथायात्रा गर्ने चलन समेत चलाइयो र अर्थ राजनीतिकै कारण कान्तिपुर राज्यबाट मल्ल वंशको शासन सदाको लागि अस्त भयो र शाह वंशीय शासनको जग बस्यो । अस्तु !!

[ATTACH=full]585[/ATTACH]

गोरखाली राजा पृथ्वीनारायण शाहले लेखेको लायकु कुमारीको स्तुति ।

Sourc/Reference Maheswor Shrestha On His Facebook

[QUOTE="krmaharjan, post: 308, member: 4"] [CENTER][FONT=courier new]Reposting for Education Purpose only. Credit To The Owner, Shri "Maheshwor Shrestha".[/FONT][/CENTER] [HEADING=1]कुमारी रथयात्राको अर्थराजनीतिक पक्ष[/HEADING] - महेश्वर श्रेष्ठ [HEADING=2][SIZE=5]कुमारी प्रथाको उद्भव बारे जनश्रुति[/SIZE][/HEADING] [SIZE=5][ATTACH type="full" width="700px" alt="1695965023944.png"]581[/ATTACH][/SIZE] [CENTER][I]चित्रकारको परिकल्पनामा ईष्टदेवी तलेजु भवानीसंग पासा खेल्दै गरेका राजा जयप्रकाश मल्ल ।[/I][/CENTER] [SIZE=5]भनिन्छ परापूर्व कालमा नेपालको राजकुमारी र पराई देशको राजकुमार बिच गहिरो प्रेम संबंध थियो । एक दिन निज राजकुमारको देशले नेपाल माथि आक्रमण गरेछ । आफ्नी प्रेमिका नेपाल राजकुमारीलाई निज राजकुमारले आफूलाई साथ दिन र लडाईं जिते पछि एकीकृत राज्यको युवराज्ञी बन्न दवाब दिएछ । देश प्रतिको कर्तव्य र प्रेमको दोसांधमा परेकी नेपाल राजकुमारीले राजकुमारलाई साथ नदिने र देशको अस्तित्व रक्षाका लागि प्रतिरोध लडाईंमा होमिने निर्णय गरिन् । लडाईंमा आक्रमणकारी राज्य पराजित भयो र निज राजकुमार पनि मारियो । राजकुमारीको माया चोखो र पवित्र थियो । त्यसैले उनले अरु कसैसंग प्रेम वा वैवाहिक संबंध नराख्ने तर आफ्नो चोखो मायाले अमरत्व पाओस भनेर आजीवन अविवाहित (कुमारी) नै बस्ने निर्णय गरिन् । उनको त्यस्तो अगाध देशप्रेम र चोखो माया देखेर समाजले उनलाई देशको संरक्षक देवीको रुपमा पुज्न थालेछ र देश भरीका उनका सखीहरुले पनि उनलाई साथ दिंदै आजीवन अविवाहित (कुमारी) रहने निर्णय गरेछन् । त्यसैको प्रतिक र प्रतिविम्व स्वरुप नेवारहरुको मुख्य मुख्य गाउं वस्ती र शहरका कतिपय टोलहरुमा अक्षत कन्यालाई कुमारीको रुपमा स्थापना गरी देवीको रुपमा पूजा गर्ने परम्परा अझै कायम छ । अक्षत कन्या भन्नाले रजस्वला नभएकी, शरीरमा कतै पनि घाउ चोट पटक नलागेकी, दांत समेत नफुक्लेकी शुद्ध र सग्लो शरीर भएकी, नीडर स्वभावकी कन्या हो । कुमारी बनेकी कन्या क्षत हुने बितिक्कै उनी कुमारी रहंदिनन् र अवकास पाउंछिन् । उनको ठाउंमा अर्को अक्षत कन्यालाई कुमारी बनाइन्छ । ईन्द्रजात्राको बेला रथजात्रा गरिने कुमारीलाई लायकु कुमारी (राजकीय कुमारी) भनिन्छ । शाक्य कुलकी अक्षत कन्या मात्र लायकु कुमारी हुन पाउने परम्परा छ । लायकु कुमारी बसन्तपुर स्थित कुमारी घरमा बस्छिन् भने अरु कुमारीहरु कोहि कोहि आफ्नो गाउं ठाउंको कुमारी घरमा र धेरै जसो आफ्नै घरमा बस्छन् । कुमारी बन्ने कन्याहरु शाक्य, बज्राचार्य र ज्यापु कुलका मात्र हुन्छन् ।[/SIZE] [HEADING=2]कुमारी रथजात्राको अर्थराजनीतिक पक्ष[/HEADING] [SIZE=5]काठमाडौंमा हरेक वर्ष भाद्रशुक्ल द्वादशीदेखि आश्विनकृष्ण चतुर्थी आठ दिनसम्म एउटा पर्व बडो हर्षोल्लासका साथ धुमधामसंग मनाइन्छ जसलाई नेपाल भाषामा “येंया:” भनिन्छ । येंयाः को शाब्दिक अर्थ काठमाडौं जात्रा अथवा काठमाडौं महोत्सव हो जसलाई गैर नेवारहरु ईन्द्रजात्रा भन्ने गर्दछन् । त्यसका अनेक आकर्षणहरु मध्ये भाद्रशुक्ल चतुर्दशीको दिनदेखि हुने जीवित देवी लायकु कुमारीको रथयात्रा प्रमुख आकर्षण हो । यहां लायकु कुमारीको रथयात्रा कसले किन र कहिलेदेखि शुरु गर्यो र त्यसको अर्थराजनीतिक पक्ष के थियो भन्ने बारे चर्चा गरिन्छ । प्रस्तुत विषय कुनै जनश्रुति होइन, लिखित इतिहास पनि होइन, तथ्यबाट सत्यसम्म पुग्ने द्वन्दात्मक अध्ययन र विश्लेषण विधिबाट निकालिएको पंक्तिकारको निचोड हो जसलाई उ अलिखित इतिहासको पाटो भन्न रुचाउंछ । ईन्द्रजात्राकै अवधिमा पर्ने कुमारीको रथजात्रा गर्ने चलन धेरै पुरानो होइन । इतिहासमा दर्ज भएकै कुरा हो कि कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले विक्रम सम्वत् १८१४ मा शाक्य कुलकी कुमारीलाई लायकु कुमारी (राजकीय कुमारी) को दर्जा दिएर इन्द्रजात्राको अवसरमा कुमारीको रथजात्रा मनाउने परम्पराको शुरुआत गरेका थिए । जुन बेला शाक्य कन्यालाई लायकु कुमारीको मान्यता दिएर उनको रथजात्रा मनाउने परम्परा थालिएको थियो त्यस बेला गोरखाली राजा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानमा कान्तिपुर राज्यले पटक पटक भीषण आक्रमण खेपिरहेको थियो । युद्ध अर्थतन्त्र अत्यन्त महंगो हुन्छ । कान्तिपुरको राज्यकोष खाली हुंदै गइरहेको थियो । युद्ध अर्थतन्त्र धान्न राजा जयप्रकाश मल्लले विभिन्न मठ मन्दीरका सम्पति मास्न थालिसकेका थिए । पछिल्लो पटक मल्लवंशको ईष्टदेवी तलेजु भवानीकै अत्यधिक सम्पति युद्धमा खर्च गर्न खोज्दा देवीका पुजारी, भण्डारी, गुठियार र सरोकारवाला अन्य पक्षहरुले तिब्र विरोध गरेर रोके जसलाई जनमानसमा जयप्रकाश मल्लले आफूसंग पासा खेल्न आएकी तलेजु भवानी प्रति कुदृष्टि राखेको भनी नियोजित प्रचार गरिएको थियो । कान्तिपुरे सेना र दरबार नराम्रोसित विभाजित भइसकेको थियो । स्वयम जयप्रकाश मल्लकी पटरानी दयालक्ष्मी मल्ल लगायत कतिपय भारदार पृथ्वीनारायण शाहसंग भित्रभित्रै मिलिसकेका थिए । दयालक्ष्मीले त एक चोटी आफ्नै पति राजा जयप्रकास मल्ललाई अपदस्थ गरी नाबालक छोरा ज्योतिप्रकाश मल्ललाई राजा बनाई उनको नायब बनेर केहि समय शासन समेत गर्न पुगेकी थिइन् ।[/SIZE] [ATTACH type="full" width="700px" alt="1695965152054.png"]582[/ATTACH] [I]इन्द्राजात्राको अवधिमै पर्ने येंयाः (कान्तिपुर महोत्सव) मा जयप्रकाश मल्ललाई समर्थन जनाउन आएका हलचोक भैरव र उनको सवभक्कु गण ।[/I] [SIZE=5]वीर र पराक्रमी भएर पनि राजा जयप्रकाश मल्ल शंकालु, ईखालु, रिसाहा र निर्दयी स्वभावका थिए । कसै माथि शंका लाग्यो कि सत्य तथ्य विस्तृतमा बुझ्दै नबुझी उसलाई भौतिक कारवाही गरीहाल्ने, सफाया गरिहाल्ने उनको निर्दयी नीतिले गर्दा दरबारका अधिकांश सेनापति र भारदार उनीदेखि तर्सिएका र चिढिएका थिए । आफ्ना परम्परागत सेनापति र भारदारहरु माथिबाट उनको विश्वास उठेकोले र गोर्खाली सेना भित्र विभाजन ल्याउने नीति अन्तर्गत गोर्खाली सेनाकै एक जना सेनापति काशीराम थापामगरलाई उनले आफ्नो प्रमुख सेनापति बनाएका थिए । तर बाबु मरेर आर्यघाटमा किरियापुत्री बसिरहेका काशीरामलाई कसैले विश्वासघातको चुक्ली लगाएको भरमा जयप्रकाश मल्लले ठाउंको ठाउं हत्या गर्न लगाएका थिए । त्यस पछि उनले गोर्खाली सेनाका अर्का सेनापति जयन्त रानामगरलाई अनेक प्रलोभन दिएर फकाएर प्रधान सेनापति नियुक्त गरे । तर जयन्तकै नेतृत्वमा भएको नुवाकोटको प्रतिरोध युद्धमा कान्तिपुरे सेनाले नराम्रो हार व्यहोर्नु पर्यो र नुवाकोट प्रान्त नै गुमाउनु पर्यो । काशीराम थापामगरको नियती भोग्नु पर्ने डरले जयन्त रानामगरले गोर्खाली सेना समक्ष आत्मसमर्पण गरेर अभयदान मागे । तर उनले गोरखा राज्यलाई धोका दिएर जयप्रकाश मल्लको सेवामा लागेकोले पृथ्वीनारायण शाहले उनलाई छाला काढेर मार्ने मृत्युदण्ड सजाय दिए । यसबाट परम्परागत नेवार सेना र पछि काशीराम थापामगर तथा जयन्त रानमागरहरुले ल्याएका केहि मगर सैनिकहरुबाट समेत जयप्रकाश मल्लको विश्वास उठ्यो । त्यसैले उनले बढी तलब र सुविधा दिएर मधेसी सेना खडा गरे र त्यसको नेतृत्व उनको वफादार सेनापति तौढिक काजीलाई सुम्पे । त्यसले सेना र युद्ध खर्च बेपत्तासित बढेर कान्तिपुर राज्यले भयंकर आर्थिक संकट भोग्न परिरहेको थियो । यस्तो अवस्थामा जसरी भए पनि प्रतिरोध युद्ध लड्नु वा आत्मसमर्पण गर्नु बाहेक जयप्रकाश मल्लसंग तेस्रो विकल्प थिएन । तर जयप्रकास मल्ल पनि सजिलै हिम्मत हार्ने लरतरो राजा थिएनन्, उनले जसरी भए पनि प्रतिरोध युद्ध लड्ने निश्चय गरे र त्यसका लागि आवश्यक खर्च जुटाउने एउटा उपाय पनि निकाले । धार्मिक सहिष्णुता नेपाली समाजको ठुलो विशेषता रहंदै आए तापनि लिच्छवी कालको प्रारम्भदेखि नेपालको राज्यसत्ता संचालनमा हिन्दु धर्मावलम्बीहरुको वर्चस्व हावी हुंदै आयो र अहिले पनि त्यो कायमै छ । जनस्तरमा हिन्दु र बौद्ध धर्मको विभेदले खासै अर्थ नराखेको भए तापनि सत्ताको पहुंचबाट टाढा परेकोले बौद्धमार्गी अगुवाहरुमा राज्यसत्ता प्रति असन्तुष्टी हुनु स्वाभाविकै थियो । उनीहरुको यही असन्तुष्टीलाई संबोधन गरी आफ्नो पक्षमा ल्याउन र उनीहरुबाट अधिक से अधिक आर्थिक सहयोग र ऋण संकलन गर्न जयप्रकाश मल्लले पनि आफू माथि लागेको तलेजु भवानी माथि कुदृष्टी राखेको आरोपमै टेकेर बौद्धमार्गीहरुमा सबभन्दा सम्पन्न र सुनचांदी जवाहरातका धनी व्यापारी शाक्य समुदायलाई निजहरुको व्यापार व्यवसायलाई अरु फलाउन फुलाउन राज्यले अनेक सुविधा र अधिकार प्रदान गर्ने सहमति गरेर आफ्नो पक्षमा पारी त्यस समुदायकी कुमारीमा तलेजु भवानीको दैवी शक्ति प्रवेश गरेको, उनै कुमारी तलेजु भवानीको प्रतिरुप बन्नु भएको र अबदेखि देशको संरक्षक उहां नै हुनु भएको व्यहोरा तलेजु भवानीबाट आज्ञा भएको भन्ने प्रचार गराए र शाक्य कुमारीलाई लायकु कुमारीको दर्जा मात्र दिएनन् उनको सम्मानमा काठमाडौं नगर वरिपरि लायकु कुमारीको रथयात्रा गराउने निर्णय पनि गरे । यसबाट उत्साहित भएका शाक्यहरुलाई अझ बढी खुसी पार्न लायकु कुमारीका साथै शाक्य कुलका दुईजना बालकहरुलाई गणेश र भैरवको रुपमा संगै रथयात्रा गर्ने परम्परा पनि बसाले । यस प्रकार आर्थिक कारणले शाक्य कन्यालाई लायकु कुमारी बनाइएको र उनको रथयात्रा गर्ने चलन बसालिएको कुरा प्रष्टिन आउंछ । सबै बौद्धमार्गीका पूज्य पुरोहित र गुरुवर्ग बज्राचार्य समुदायमा पनि कुमारी राख्ने प्रथा नभएको होइन तर उनीहरु शाक्यहरुको तुलनामा त्यति सम्पन्न नभएको र संख्यामा पनि थोरै भएकोले बज्राचार्य कुमारीलाई लायकु कुमारी नबनाइएको प्रतित हुन्छ । त्यसै गरी जनसंख्याको ठूलै भाग ओट्ने ज्यापु समुदायमा पनि कुमारी राख्ने चलन छ तर पनि त्यस समुदायकी कुमारीलाई लायकु कुमारी नबनाउनुमा दमित श्रमिक किसान वर्गको हुनु र आर्थिक विपन्नता नै हुनु पर्छ भन्ने पंक्तिकारको ठहर छ । तर ज्यापुहरुको असन्तुष्टी प्रकट भएरै छाड्यो जुन राजाकी अति मनपरेकी ल्याइते ज्यापुनी रानी रुष्ट भएबाट मुखरित भयो । कुमारी रथयात्रा मुख्य रुपमा क्वनेयाः (नगरको तल्लो, दक्षिण भागको जात्रा) र थःनेयाः (नगरको माथ्लो, उत्तरी भागको जात्रा) गरी दुई दिन दुई पटक हुन्छ । राजा जयप्रकाश मल्लले आफ्नी ज्यापुनी रानी र उनको समुदायलाई खुसी पार्न उनकै ईच्छा बमोजिम उनको माइती टोल किलागल स्थित ज्यापु समुदायकी कुमारीसित दर्शनभेट गरी जानु पर्ने गरी थप एक दिन कुमारी रथयात्रा गर्ने परम्परा थपे । यो एक दिन थपेको कुमारी रथयात्रालाई नेपालभाषामा नानिचायाः भन्ने गरिन्छ । यसरी राजा जयप्रकाश मल्लले आफू प्रति बौद्ध समुदायका साथै समाजका आधारभूत किसान वर्गको समर्थन जुटाउन सफल भएको देखिन्छ । उनको गोरखा विरोधी प्रतिरोध अभियानलाई कीर्तिपुरको दोस्रो लडाईंमा शर्मनाक पराजय भोगेर ज्यान जोगाउन भागिरहेका पृथ्वीनारायण शाहलाई महिलाको भेषमा डोलीमा चढाएर सुरक्षित साथ नुवाकोटको सिमाना भित्र पुर्याईदिने काठमाडौं हलचोक क्षेत्रका रैथाने राजबाहकहरुले पनि समर्थन गरेर सघाए जसलाई राजबाहकहरुले मात्र नाचेर प्रस्तुत गरिने हलचोक भैरव र उनको सवभक्कु गणको इन्द्रजात्रामा सहभागिताले प्रतिनिधित्व गर्दछ । त्यसै गरी बालख पृथ्वीनारायण शाहलाई भक्तपुर दरबारमा धेरै वर्षसम्म पालेर शिक्षादीक्षा, राजनीति, कूटनीति, युद्धकलाको तालिम दिलाउने उनकै मितबा भक्तपुरका राजा रणजीत मल्ल पृथ्विनारायाण शाहको राज्य विस्तार गतिविधि प्रति तटष्ठ रहे पनि जनताको एउटा पंक्ती कान्तिपुरे राजा जयप्रकाश मल्लको गोरखा विरोधी प्रतिरोध अभियानको समर्थनमा जुटेका थिए । इन्द्रजात्राको बेला अहिलेसम्म पनि भक्तपुरदेखि महाकाली लगायत विभिन्न देवदेवी गणहरुको नाच तथा घिन्तांघिसी एवं ख्याकनाचहरु नाच्न आउनु त्यही समर्थनको प्रतिक हो । उता राज्य विस्तारका अति महत्वाकांक्षी गोर्खाली राजा पृथ्वीनारायण शाहले पनि ती सबै कुरा सुक्ष्म रुपले अध्ययन गरिरहेका थिए । लामो समयदेखि राज्यसत्ता प्रति असन्तुष्ट रहंदै आएको तत्कालीन नेपाली समाजको एउटा ठुलै अंग बौद्धमार्गी समुदाय जयप्रकाश मल्लको पक्षमा जान लागेको देख्दा देख्दै उनी कसरी चुप लागेर बस्न सक्थे ? भक्तपुरका राजा रणजित मल्लको मित छोरा बनेर भक्तपुरमै शिक्षादिक्षा हासिल गर्दै किशोरावस्था बिताएर नेपालभाषामा पोख्त बनेका पृथ्वीनारायण शाहले पनि आफूलाई लायकु कुमारीको अनन्य भक्त नै हो भनेर देखाउन नेपालभाषामा लायकु कुमारीको स्तुति नै लेखेर प्रचार गराए र आफ्ना सुत्रहरु मार्फत नेपालका बौद्धमार्गीहरुको धर्म संस्कार संस्कृति परम्पराका साथै उनीहरुका पेशा व्यापार व्यवसायलाई पूर्ण सम्मान र संरक्षण गर्ने सन्देश पठाएर आफू प्रति आकर्षित गर्ने र विश्वस्त पार्ने प्रयास गरेको देखिन्छ । वटु भद्रकाली (नील भद्रकाली) देवघरका दिवंगत मुली भाईराम महर्जनले पंक्तिकारलाई बताए अनुसार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई चारैतिरबाट घेरेर नाकाबन्दी गरिदिंदा त्यहांको वन्दव्यापार ठप्प भएको, जनजीवन अस्तव्यस्त र कष्टकर बन्दै हाहाकार मच्चिराखेको बेला पृथ्वीनारायण शाहको उक्त गोप्य सन्देश बारे के गर्ने भनेर निष्कर्षमा पुग्न लायकु कुमारीको अध्यक्षतामा काठमाडौंका ३२ टोलका देवघरका मुलीहरुको धर्मसभा बसेको थियो जसमा ललितपुर राज्य मातहतको गौंडा भए तापनि त्यस बेला उपत्यका नगर क्षेत्र भित्र पस्ने मुख्य नाका भएकोले कीर्तिपुरको बाघभैरव देवघरका मुलीलाई पनि आमन्त्रित गरिएको थियो । छलफलको क्रममा सभाका सहभागीहरुले मल्ल राजाहरु आपसमा संधै कुकुर बिरालो जस्तो लडिरहने गरेबाट राज्यसत्ता संम्हाल्न असक्षम र कमजोर बन्दै गएको, जनताको जिउधन र व्यापार व्यवसायलाई सुरक्षा दिनुको सट्टा अचाक्ली युद्धकरको बोझ थपिंदै गएको, ल्हासा व्यापारीहरुको ठूलो समुहले पृथ्वीनारायण शाहलाई समर्थन गर्ने गोप्य लिखित सम्झौता गरिसकेको, दरबार भित्रै पनि चर्को गुटबन्दी भई रानी दयालक्ष्मी सहित कतिपय भारदार र सेनापति पथ्वीनारायण शाहसंग भित्रभित्रै मिलिसकेको, ललितपुर राज्यले आफ्नै गौंडा कीर्तिपुरको रक्षा गर्न छोडिदिएको र पृथ्वीनारायण शाहलाई ललिपुरको पनि राजा बन्न निमन्त्रणा गरिसकेको, भक्तपुरका राजा रणजीत मल्लले पृथ्वीनारायण शाह मेरा मित छोरा हुन्, उनले मलाई केहि गर्दैनन्, म कान्तिपुरको भांडभैलो प्रतिरोध युद्धमा साथ दिएर मित छोरा गुमाउन र युद्धको विनास व्यहोर्न चाहन्न भनिसकेको अवस्थामा हामीले मात्र के गर्न सक्छौं र ? [/SIZE] [ATTACH type="full" alt="1695965219976.png"]583[/ATTACH] [I]इन्द्राजात्राको अवधिमै पर्ने येंयाः (कान्तिपुर महोत्सव) मा जयप्रकाश मल्ललाई समर्थन जनाउन भक्तपुरबाट आएका देवीगण ।[/I] [SIZE=5]हाम्रो धर्म संस्कार संस्कृति परम्पराका साथै हाम्रो पेशा व्यापार व्यवसायलाई सम्मान र संरक्षण गर्छु भनेर सार्वजनिक रुपमा सत्य बाचा गर्छ भने गोर्खाली राजालाई समर्थन गरौं र युद्धको भयावह बर्बादीबाट बचौं भन्ने सर्वसम्मत राय आए पछि सभाको अध्यक्षता गरिरहेकी लायकु कुमारीले पनि गोरखनाथ बाबाको आशिर्वाद प्राप्त पृथ्वीनारायण शाह विष्णु भगवानको साक्षात अवतार हुन्, अब उनको दिगविजयलाई कसैले रोक्न सक्दैन भन्दै सभाको राय अनुसार पृथ्वीनारायण शाहलाई राजा स्वीकार गर्ने र कुमारीको रथयात्रा हुने पहिलो दिन जनताको अपार उपस्थितिमा उनलाई राज्याभिषेक गर्ने निर्णय सुनाइन् । यस्तो निर्णय सुने पछि सभाको क्रियाकलाप चुपचाप हेरिरहेका कीर्तिपुरको बाघभैरव देवघरको मुलीले रिसाउंदै तिमीहरु देशद्रोही आत्मसमर्पणवादी कायरहरुलाई जे मन लाग्छ गर, कीर्तिपुर एक्लैले अस्ति मात्रै आततायी गोर्खालीहरुलाई मार भगाएकै हो, अहिले पनि हामी एक्लै लड्छौं र शत्रुलाई खेदेर पठाउंछौं भनेर खुट्टा बजार्दै सभाबाट बाहिरिए । त्यसको केहि महिना पछि गोर्खालीहरुसंग भएको तेस्रो लडाईमा कीर्तिपुरको नराम्रो पराजय भयो र गोर्खाको अधिनस्थ बन्यो । त्यसको केहि समय पछि भाद्रशुक्ल चतुर्दशी ईन्द्रजात्राको तेस्रो दिन अर्थात कुमारी रथयात्रा हुने पहिलो दिन पूर्व योजना अनुसार पृथ्वीनारायण शाह आफ्ना सेना सहित बिना कुनै रक्तपात कान्तिपुर नगर प्रवेश गरे । जयप्रकाश मल्ललाई साथ दिनेमा तौढिक काजी र उनी मातहतका मधेसी सेना बाहेक कोहि थिएनन् । तर खिखांमुगः (खुला रुपमा दिसा गर्ने सार्वजनिक स्थल) मा दिसा बस्न नमान्ने, दिसा बस्न लोटा बोकेर खेत वा नदी किनारमै जानु पर्ने, नुहाई धुवाई चोखो नीति गरी धोती फेरेर जपतप नगरी अरु काम नगर्ने मधेसी सैनिकहरु मासाहारी तामसी खाना खाने नेवार र मगर सैनिकहरुसंगै बस्नु पर्दा उनीहरुलाई निकै उकुस मुकुस र सकस भइरहेको थियो । उता आवश्यक परे जहां पनि दिसा पिसाप गर्न नहिच्किचाउने, दैनिक नुहाई धुवाई चोखोनीति जपतप पूजापाठ गर्न नपर्ने, पानीको अभाव भएमा हप्तौंसम्म चाकमुख नधोइकन बस्न सक्ने, सयौं लिखा जुम्रा सलबलाइरहे पनि महिनौं एउटै लुगा लगाएर बस्न सक्ने, गिट्ठा भ्याकुर ढिंडोफांडोदेखि सुंगुर बंगुर रांगो भैंसी जेजस्तो भेट्टायो त्यही खाएर बांच्न सक्ने गुरुङ मगर बहुल गोर्खाली सेनाले अति नाटीकुटी चोखोनीति गर्नु पर्ने मधेसी सेनालाई सजिलै पराजित गरी बन्दी बनाए पछि जयप्रकास मल्ल आफ्ना वफादार विशेष अंगरक्षकहरुको सहयोगमा गुप्त सुरुङमार्ग हुंदै ललितपुरमा शरण लिन पुगे भने यता हनुमाढोका दरबार नासल चोकमा राखिएको राजसिंहासनमा आसिन पृथ्वीनारायण शाहले कान्तिपुर राज्यका सम्पूर्ण नागरिकको जिउ धन धर्म संस्कार संस्कृति परम्पराका साथै उनीहरुका पेशा व्यापार व्यवसायलाई पूर्ण सम्मान र संरक्षण गर्ने र पहिले भन्दा बढी सुविधा दिने सार्वजनिक घोषणा गरे पछि लायकु कुमारीको आशीरवाचन र बज्राचार्य कर्माचार्य समेत सम्मिलित गुरुपुरोहितहरुको यज्ञोपवित मन्त्रोर्च्चारण सहित पृथ्वीनारायण शाहलाई विधिवत रुपमा कान्तिपुर राज्यको पनि राजा घोषणा गरी राज्याभिषेक सम्पन्न गरियो ।[/SIZE] [ATTACH type="full" width="700px" alt="1695965285277.png"]584[/ATTACH] [I]इन्द्राजात्राको अवधिमै पर्ने येंयाः (कान्तिपुर महोत्सव) मा जयप्रकाश मल्ललाई समर्थन जनाउन भक्तपुरबाट आएका देवीगण हनुमानढोका परिसरमा नृत्य प्रस्तुत गर्दै ।[/I] [SIZE=5]यसरी अर्थराजनीतिका कारण शाक्य कुलकी कुमारीलाई लायकु कुमारीको सम्मान दिएर उनको रथायात्रा गर्ने चलन समेत चलाइयो र अर्थ राजनीतिकै कारण कान्तिपुर राज्यबाट मल्ल वंशको शासन सदाको लागि अस्त भयो र शाह वंशीय शासनको जग बस्यो । अस्तु !![/SIZE] [ATTACH type="full" width="700px" alt="1695965392914.png"]585[/ATTACH] [CENTER][I]गोरखाली राजा पृथ्वीनारायण शाहले लेखेको लायकु कुमारीको स्तुति ।[/I][/CENTER] [FONT=courier new][SIZE=3][B]Sourc/Reference [/B][/SIZE][/FONT][URL='https://www.facebook.com/m.shresthas/posts/pfbid0gq2EncKHvCJueT9EFhiPkJBnUEbPtbr51rVNUb2yKSntSJzKPz7kP2tqPK124Qjyl'][FONT=courier new][SIZE=3][B]Maheswor Shrestha On His Facebook[/B][/SIZE][/FONT][/URL] [/QUOTE]
Name
Verification
Post reply
Forums
General Discussion
Local Events and Gatherings
Why Indra Jatra is celebrated?
This site uses cookies to help personalise content, tailor your experience and to keep you logged in if you register.
By continuing to use this site, you are consenting to our use of cookies.
Accept
Learn more…
Top