नेवा: समुदायको बिस्माद्य: पूजा

नेवा: समुदायको बिस्माद्य: पूजा

नेवा: समुदायको बिस्माद्य: पूजा


असोज कृष्ण एकादशी / नेपाल संवत ११४५ ञलागा ११

आजको दिन नेवा:हरुले विश्वकर्मा देवतालाई पूजा गर्ने गर्दछन्।​

विश्वकर्मालाई नेवा: समुदायले बिस्माद्य:को नामले सम्बोधन गर्दछन् भने आजको दिन बिस्माद्य: पूजा गर्ने चलन रहेको छ।

नेवा:हरुको परम्परागत घरको सबैभन्दा माथिल्लो तल्लामा रहेको थाम जसले छानाको भार थामेको हुन्छ, सो थाम वा त्यहिँ रहेको दलानमा बिस्माद्य: स्थापना गरेको हुन्छ। सोही थाम वा दलानलाई नै बिस्माद्य:को रुपमा पूज्ने गरिन्छ भने बिस्माद्य:ले छाना थामेको हुन्छ र घर भत्किँदैन भन्ने विश्वास रहेको हुन्छ। आजको दिन यहि बिस्माद्य:लाई आ-आफ्नो रीत अनुसार पूजा गर्ने गरिन्छ।

खासै धेरैलाई जानकारी नै नभइसकेको बिस्माद्य:को आकृती तथा स्वरुप हुँदैन अर्थात् यसलाई निराकार रुपमा नै पूजा गरिन्छ।

यसै गरि आजको दिन:

- पाटनको महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरको ठ्याक्कै पछाडी रहेको विस्माद्य:, र;​
- पाटनको मंगलबजार नजिकै तिछुं गल्लिमा रहेको बिस्माद्य:को मन्दिरमा पूजा तथा दर्शन गर्न जाने गरिन्छ।​

सम्भवत: नेपालमा प्राचीन रुपमा यहि दुइटा मात्रै बिस्माद्य:को मन्दिर रहेको छ।
हाल बिस्माद्य: को जानकारी पनि कम भएको अवस्था तथा पुरानो घरहरु पनि धेरै बाँकी नभएकोले बिस्माद्य: पूजा गर्ने चलन पनि हराउँदै गएको छ।


Reference:
  1. Maharjan Rajendra Guru, "आजको दिन नेवा:हरुले विश्वकर्मा देवतालाई पूजा गर्ने गर्दछन्।", via Facebook, accessed on 17 September 2025.
  2. Image source: Credit to the owner (CTTO)
Author
kumarvairab
Views
2,005
First release
Last update
Rating
0.00 star(s) 0 ratings

More resources from kumarvairab

Top